आज कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

आज कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

१ भाद्र, काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंकले आज भदौ १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोके अनुसार यो मूल्य कायम भएको हो । 

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३१ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।