आज कुन विदेशी मुद्रा कति बलियो ?

आज कुन विदेशी मुद्रा कति बलियो ?

३ भाद्र, काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंकले आज भदौ ३ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोके अनुसार यो मूल्य कायम भएको हो । 

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।