आज न्यायपरिषदको बैठक बस्दै

आज न्यायपरिषदको बैठक बस्दै

११ असार, काठमाडौं । आज न्यायपरिषदको बैठक बस्दैछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आह्वानमा बैठक आज दिउँसो १ बजे बस्न लागेको हो।

बैठकमा उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिका विषयमा छलफल हुनेछ ।

अहिले उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । आजको बैठकले यसअघि बनेको कार्यविधिका आधारमा छनोट गर्ने भनिएका २७ न्यायाधीशका बारेमा निर्णय हुने बुझिएको छ ।