चौतर्फी विरोधपछि पल शाहले जब आत्मदाह...

चौतर्फी विरोधपछि पल शाहले जब आत्मदाह...

२६ असार, काठमाडौं । नायक पल शाहले अदालतबाट सफाई पाएपछि पनि आफूमाथि लागेको बलात्कारीको ट्याग नहटाइएको भन्दै दुख व्यक्त गरेका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारित ह्वाट द फ्लपमा आफूसँग गरिएको कुराकानी विवादित बनेर हटाइएपछि शाहले सोमबार साँझ सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै अदालतबाट सफाई पाएपछि पनि आफूले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो भन्दै प्रश्न गरेका छन्।

‘म के गरौँ? कसरी बाचौँ?कसरी हिँडौँ,कसरी बोलौँ, कसरी खाउँ? कसरी लाउँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ?  कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ’, शाहले लेखेका छन्।