जनताको समस्यालाई थाती राख्ने नेता हुँदैन्, हरेक समस्या समाधान गर्नुपर्छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम नागरिकहरुको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलका नेताहरुले ध्यान दिँदै तादारुकता देखाउनु पर्ने बताएका छन् । 

जनताको समस्यालाई थाती राख्ने नेता हुँदैन्,  हरेक समस्या समाधान गर्नुपर्छ : रेशम चौधरी
resham and ranjeeta
काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम नागरिकहरुको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलका नेताहरुले ध्यान दिँदै तादारुकता देखाउनु पर्ने बताएका छन् । 
बुधबार कोहलपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक चौधरीले नागरिकहरुको समस्यालाई नजरअन्दाज गर्ने, थाती राख्ने मान्छे नेता नहुने तर्क गरे । ‘आम नागरिकहरुका समस्या के छन् ? आवश्यकता के छ ? उनीहरुले के चाहिरहेका छन् ? कस्तो खालको बिकास खोजिरहेका छन् ? के गर्दा आम नागरिकहरुको हकहितको संरक्षण हुन्छ ? नेता, जनप्रतिनिधी र सरकारले के गर्दा देशमा बिकासको लहर आउछ ? यि यस्ता कुरामा ध्यान दिँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर कार्वान्वयन नगर्ने, जनताका दुख, पीडामा साथ नदिने, उनीहरुका समस्यालाई समाधान नगर्ने व्यक्ती नेता हुन सक्दैन्’, चौधरीले भने ।
नागरिकहरुको मनोभावना र चाहानालाई केन्द्रमा राखि आवश्यक राणनीतिका साथ काम गर्न आफ्ना नेता तथा कार्यकर्ताहरु लागि परेको उनले बताए । आफुलाई राजनीतिक प्रतिशोधका कारण जालझेल गरी जेल पठाएको बताउँदै जनताको पक्षमा काम गर्न आगामी दिनमा कसैले रोक्न नसक्ने उनको तर्क छ । ‘हिजो पनि जनताको पक्षमा काम गर्न लाग्यो भनेर अनेक जालझेल गरेर हत्या आरोपमा जेल पठाए । अब पनि हामीलाई जनपक्षीय काम गर्न नदिने विभिन्न शक्तिहरु प्रयोग भइरहेका छन्’, उनले भने, ‘तर, अब हामीलाई जनताको पक्षमा, देशको पक्षमा यहाँको बिकासका निम्ती, सम्बृद्धिका निम्ती काम गर्न कसैले रोक्न सक्दैन् ।’