टीकापुर घटना : जेलमा रहेको बाँकी चार राजवन्दी आज रिहा हुँदै

कैलाली । २०७२ भदौ ७ गते भएको टिकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदै छन् ।

टीकापुर घटना : जेलमा रहेको बाँकी चार राजवन्दी आज रिहा हुँदै

कैलाली । २०७२ भदौ ७ गते भएको टिकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना ३ जना र पोखरा सुधार गृहमा रहेका नाबालक एक जना पनि आज रिहा हुँदै छन् ।

कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाका अनुसार टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका हुन् ।

उनले कारागारमा रहेका उनीहरू ३ जनासहित ९ जना रिहा हुन लागेको बताए । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसकेका छन् ।

आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगिसकेका छन् ।