ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता 

ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता 

३१ साउन, काठमाडौं ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ । जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोप उनीमाथि लगाइएको छ। 

ट्रम्पले भने आफूमाथि लगाइएको नयाँ आरोपको निन्दा गरेका छन् । आफ्नो आपराधिक मुद्दाको बारेमा सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मलाई धाँधली भएको महसुस हुन्छ।

साढे दुई वर्षअघि उनीहरूले आरोप किन लगाएनन् ? किनभने तिनीहरू मेरो चुनावी अभियानको बीचमा अशान्ति सिर्जना गर्न चाहन्थे।’