नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने सीमा राख्नुपर्छ : प्रधानमन्त्री

नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने सीमा राख्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने निश्चित वर्षको सीमा राख्नुपर्छ भन्नेमा आफू रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा समझदारी बनाएर त्यस्तो समय सीमा राख्नुपर्ने बताए |

नागरिकता विधेयकका विषयमा प्रमुख प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले आफू सीमा राख्न तयार रहेको बताए । 'हामी अहिले पनि नेपालमा विवाह गरेर आउने महिलाको हकमा केही क्राइटेरिया (समयसीमा) राख्नुपर्छ भन्नेमा नै छौं । हामी अहिले पनि त्यहिँ छौं,' उनले भने ।