पौष २६ गते टीकापुरमा भेट्ने गरि सम्पन्न भयो नाउपाको महाधिवेशन सम्बन्धी बैठक ।

पौष २६ गते टीकापुरमा भेट्ने गरि सम्पन्न भयो नाउपाको महाधिवेशन सम्बन्धी बैठक ।
सामुहिक तस्बिर
पौष २६ गते टीकापुरमा भेट्ने गरि सम्पन्न भयो नाउपाको महाधिवेशन सम्बन्धी बैठक ।

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सफल पार्न (आज) मंगलवार रतवाल सामुदायिक ग्रामीण होमस्टे, कावासोती नवलपुरमा बिहान ११ :०० बजे देखि बसेको बैठक पौष २६ गते टीकापुरमा भेट्ने गरि सम्पन्न भएको छ  पार्टीको राष्ट्रिय महाधिवेशन समिति संयोजक रेशम चौधरीको प्रमुख आतिथ्यमा कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको कपिलवस्तु, नवलपरासी, नवलपुर र रुपन्देही जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा साझ ५:०० बजे बैठक सम्पन्न भएको छ  

बिहान देखि सुरु भएको बैठकमा नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सफल पार्न र हाल सम्म भएको महाधिबेशन प्रतिनिधी छनौटबाट प्राप्त नामावालीहरु साथै प्रतिनिधी सदस्यहरुबाट उठाएको सदस्यता शुल्क लगायत बिभिन्न विषयमा छलफल भएको नाउपाको सूचना प्रविधि विभागले जानकारी दिए  

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टिकापुरमा हुँदैछ । पार्टीको महाधिवेशन भव्यरुपमा सफल पार्नका निम्ती विभिन्न समिति तथा उपसमिती बनाएर काम तीब्र पारिएको छ । पार्टीले महाधिवेशनको आन्तरिक तथा व्यवस्थापकीय कामका साथै देशभरबाट प्रतिनिधि छनौट र अतिथिलाई निमन्त्रण दिने कामलाई तीब्रता दिएको छ ।