प्रधानमन्त्री प्रचण्ड र नाउपा अध्यक्ष चौधरी बिच भेटघाट

प्रधानमन्त्री प्रचण्ड र नाउपा अध्यक्ष चौधरी बिच भेटघाट

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।मंगलबार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटघाट भएको हो ।

 

नाउपाकाे प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेका चाैधरीलाई प्रधानमन्त्री प्रचण्डले बधाई एवं राजनीतिक सफलताको शुभकामना दिए ।
भेटका क्रममा अध्यक्ष चौधरीले टीकापुरमा एयरपोर्ट निर्माण गर्न, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न, भुमिहिन सुकुम्बासी तथा काठमाडौंको स्बासीलाई बिशेष कानुन बनाएर  जग्गा उपलब्ध गराउनु पर्ने लगायतका बिषयमा गम्भीर हुँदै कार्वान्वयनकाे पाटाेमा लाग्न प्रधानमन्त्री प्रचण्डकाे ध्यानाकर्षण गराएका   छन् ।

चौधरीले उठाएको मागहरुमा आफू सकारात्मक रहेको बताउँदै तत्काल आवश्यक प्रक्रिया अघि बढाउन प्रतिबद्धता व्यक्त गरेकाे  रेशमको सचिवालयले जानकारी दिएको छ ।