ललितपयरको बाहुनधारामा बस दुर्घटना

ललितपयरको बाहुनधारामा बस दुर्घटना

२ असार, काठमाडाैं । ललितपुरमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारामा दुर्घटना भएको हो ।

अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ । 

प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । तर,  दुर्घटनामा घाइतेहरू संख्या र पहिचान यकिन भइनसकेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ ।