सुदूरपश्चिम प्रदेश सरकारमा नाउपा सहभागी हुने

सुदूरपश्चिम प्रदेश सरकारमा नाउपा सहभागी हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित नाउपा प्रदेश सरकारमा सहभागी हुने भएको हो। 

नाउपा स्रोतले प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन लागेको जनाएको छ । पार्टीको संसदीय दलले यसअघि नै सरकारमा उनीहरुलाई पठाउने निर्णय गरेको एक जना प्रदेशसभा सदस्यले बताए ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।