सुरक्षा बलसँग भिडन्त हुँदा २६ जनाको मृत्यु 

सुरक्षा बलसँग भिडन्त हुँदा २६ जनाको मृत्यु 

३० साउन, काठमाडौं ।  इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त हुँदा २६ जनाको मृत्यु भएको छ । भिडन्त जारी नै छ । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर चिन्ता समेत व्यक्त गरेको छ ।

भिडन्तका क्रममा इथियोपियाको फिनोट सेलममा विस्फोट समेत भएको छ । यही विस्फोटमा कम्तिमा २६ जनाको मृत्यु भएको हो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडार्इँ भएको थियो । दुई समूहबीच केही समयदेखि तनाव जारी छ । इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गरिएको छ ।