बीएमएस दोस्रो ब्याचका विद्यार्थीहरुले हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरे

बीएमएस दोस्रो ब्याचका विद्यार्थीहरुले हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरे

बीएमएस दोस्रो ब्याचका विद्यार्थीहरुले हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरे

काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा नेपाल माउन्टेन एकेडेमी (एनएमए) ले सुरु गरेको ‘ब्याचलर अफ माउन्टेनेरिङ स्टडिज (बीएमएस) को दोस्रो ब्याचका विद्यार्थीहरुले ७ हजार १२६ मिटर अग्लो मनाङ जिल्लाको नार्फुमा रहेको हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरेका छन् ।

हिम्लुङ्ग हिमाल माउन्टेनेरिङ रिसर्च एक्सपिडिसन बीएमएस एनएमए २०२३–१ नामक नाम दिइएको दलले मे २७ तरिखको दिन बिहान ९ बजेर १६ मिनेटमा चुचुरोमा पाइला टेक्न सफल भएको हो ।

उक्त टोली गत मे महिनको ६ तारिकमा काठमाडौंबाट प्रस्थान गरेको थियो । आरोहण टोलीलाई नेपाल मउन्टेन एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राईले सफल आरोहणको शुभकामना दिंदै खादा लगाई विदाइ गरेका थिए ।

टोलीलाई खान बासको व्यवस्था पिक प्रमोसन प्रा. लि.ले गरेको थियो भने टोलीमा जम्मा २३ जना विद्यार्थी र एक जना सुपरबाईजर सहित २४ जना रहेका थिए । विद्यार्थीसहित आरोहण अनुमतिपत्र लिएका सुपरभाइजरको टोलीको प्रमुख गाइड नेपाल नेसनल माउन्टेन गाईड एसोसिएसन (एनएनएमजीए)का महासचिवसमेत रहेका छिरिङ जाङबु शेर्पा रहेका थिए ।

उनीसँगै माउन्टेन गाईड लामबाबु शेर्पा, लाक्पा रंङ्डु शेर्पा गरि ३ जना माउन्टेन गाईडसहित ५ जना सहायक शेर्पाहरुको आरोहण टोली काठमाडौंबाट बेसीशहर, कोतो, मेता हुँदै हिम्लुङ हिमालको अधारशिबिर पुगेको थियो ।

टोलीको सहायक प्रशिक्षकतर्फ फुर्बा ग्याल्जाङ शेर्पासहित ३ जनाको टिमले मे २२ तरिखको दिन टोलीलाई चुचुरोसम्म लैजानको लागि रोप फिक्स गर्दै उनीहरु उक्त दिन दिउँसोको २ बजेर २३ मिनेटमा चुचुरो पुग्न सफल भएका थिए । रोप जडानपश्चात् टोलीले फेरि विद्यार्थीहरुलाई मे २७ तरिखको दिन पहिलो चरणका विद्यार्थीहरुलाई बिहान ९ बजेर १६ मिनेटबाट चुचुरोमा पाईला टेक्न सफल भएको थियो ।

१० बजेसम्म ८ जना विद्यार्थीसहित ३ जना माउन्टेन गाईड र ३ जना सहयोगी शेर्पासहित १४ जनाले सफल आरोहण गरेका थिए । बाँकी विद्यार्थीहरुले ६५०० देखि ७००० मिटरसम्म पुगेर रिसर्च गरेका थिए । यो रिसर्च विश्वमै पहिलोपटक रहेको प्रमुख माउन्टेन गाईड छिरिङ जाङ्बु शेर्पाले अधार शिबिरबाट जनकारी दिए । टोली जुन महिनाको ३ तारिख बेशीसहर हुँदै काठमाडौ आईपुग्ने उनले बताए ।